logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • आइएमईको ‘जोड्दैछ नाता’ अफर सार्वजनिक

    आइएमईको ‘जोड्दैछ नाता’ अफर सार्वजनिक

    2.1K
    SHARES
    आइएमईको ‘जोड्दैछ नाता’ अफर सार्वजनिक

    काठमाण्डौ । इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका अवसरमा आइएमईले सेवाग्राहीमैत्री ‘जोड्दैछ नाता’ अफर सार्वजनिक गरेको छ।



    अफरअनुसार इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने ५ जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति रु. २२ हजार (करबाहेक) उपलब्ध गराउनेछ। यो अफर इन्टरनेसनल डे अफ फेमिली रेमिट्यान्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागिमात्र लागू हुनेछ।

    संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौँ नागरिकले रेमिट्यान्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मानस्वरुप यो दिनलाई विशेष दिनको मनाइँदै आएको छ। विकासोन्मुख देशहरुका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य स्रोत हो। यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिट्यान्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ। ‘त्यसैले रेमिट्यान्स कमाउने विश्वका नागरिकको जीवन सुरक्षा पहिलो प्राथमिकता बनोस्। आप्रवासी नागरिकले कमाएको रेमिट्यान्स सुरक्षित ढंगले घरपरिवारको हातसम्म पुगोस् हामी कामना गर्दछौँ’, आइएमईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्ध यो कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब ३५ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, १ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट