logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सूर्या लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम

    सूर्या लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम

    3.1K
    SHARES
    सूर्या लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम

    रूपन्देही । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा ‘एजेन्सी रिफ्रेसमेन्ट तथा उत्पे्ररणामूलक कार्यक्रम’ सम्पन्न गरेको छ।



    कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट २०० भन्दा बढी अभिकर्ताको उत्साहजनक सहभागिता थियो। प्रदेश प्रमुख किरण गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीले आफ्ना सफलताका सूत्रहरु अभिकर्ताहरुमाझ साटेका थिए।

    सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’ अभियानअन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत खड्काले सम्मान गरेका थिए। यसका साथै उनले कार्यक्रममा उपस्थित अभिकर्तालाई उत्प्रेरणामूलक सन्देश तथा उपलब्धिमूलक प्रशिक्षण दिएका थिए। बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य वृद्धि हुने उनको भनाइ थियो।

    अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरुमार्फत नै आमजनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको खड्काले बताए। समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको उनले जानकारी दिए। कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरेका छन्।


    अर्थ चाैतारी
  • शनिबार, ४ असार २०७९
  • सम्बन्धित समाचार