logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • ज्योति विकास बैंकमा पैसा राखे ७१ महिनामै दोब्बर

    ज्योति विकास बैंकमा पैसा राखे ७१ महिनामै दोब्बर

    1.7K
    SHARES
    ज्योति विकास बैंकमा पैसा राखे ७१ महिनामै दोब्बर

    काठमाण्डौ । ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्दती योजना सार्वजनिक गरेको छ। उक्त योजना अन्तर्गत ग्राहकहरुले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन्।



    व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ। यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ। साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ।

    ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको जनाएको छ।

    ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, ५ असार २०७९
  • सम्बन्धित समाचार