logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • टेलिकमको इन्टरनेटमा नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डेटा शुल्क नलाग्ने

    टेलिकमको इन्टरनेटमा नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डेटा शुल्क नलाग्ने

    2K
    SHARES
    टेलिकमको इन्टरनेटमा नेपाल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा डेटा शुल्क नलाग्ने

    काठमाण्डाै । नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ।



    नेपाल बैंकमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकहरुलाइ सो विशेष सुविधा दिने गरी यही असार १ गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको हो। सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर संगीता पहाडी र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका थिए।

    नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल टेलिकमका प्रबन्धनिर्देशक सुनिल पौडेलको रोहबरमा नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौंमा भएको एक समारोहमा नेपाल बैंक लिमिटेड मार्केटिङ्ग तथा रिर्सच डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल, कार्ड तथा डिजिटल डिभिजन प्रमुख सञ्जीव जोशी, नेपाल टेलिकमका उपप्रबन्धकहरु खगेन्द्र बहादुर श्रेष्ठ र रंजित लोहिया लगायतको पनि उपस्थिति थियो।

    सम्झौताअनुसार नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग प्रयोग गरी नेपाल बैंकको मोबाइल बैंकिङ्ग रजिष्टर गर्ने सम्पूर्ण ग्राहकहरुले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न इन्टरनेट अथवा डाटाको आवश्यकता नपर्ने भएको हो।


    अर्थ चाैतारी
  • आइतबार, ५ असार २०७९
  • सम्बन्धित समाचार