logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • नेपालको सूचना प्रविधि क्षेत्रमा २११ विदेशी कम्पनीको लगानी

    नेपालको सूचना प्रविधि क्षेत्रमा २११ विदेशी कम्पनीको लगानी

    1.7K
    SHARES
    नेपालको सूचना प्रविधि क्षेत्रमा २११ विदेशी कम्पनीको लगानी

    काठमाण्डाै । नेपालको आर्थिक समृद्धिका लागि सूचना प्रविधिको विकासमा लगानी बढाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन्।



    आईसिटी फाउण्डेसन नेपालले शनिबार आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ को विभिन्न सत्रहरुमा बोल्दै उनीहरुले सूचना प्रविधि क्षेत्रमा पर्याप्त अवसर भए पनि अहिलेसम्म लगानी भने कम रहेको बताए। लगानीको सम्भावना र अवसर भए पनि सरकार र निजी क्षेत्रबाट यसमा हालसम्म कमै लगानी भएकोले दुवै क्षेत्रले समन्वय र सहकार्य गर्नुपर्ने बताए। आजको शताब्दी सूचना प्रविधिको शताब्दी भएकोले यसमा लगानी नबढाएर देशको समृद्धि हुन नसक्ने उनीहरुको तर्क थियो।

    कार्यक्रममा दिइएको जानकारी अनुसार, नेपालमा सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानीमा पनि अत्यन्तै कम मात्रै भित्रिएको छ। अहिलेसम्म ५ हजारभन्दा धेरै कम्पनीले नेपालमा लगानीको प्रतिबद्धता देखाए पनि अहिलेसम्म सूचना प्रविधि क्षेत्रमा २ सय ११ वटा कम्पनीले सूचना प्रविधि क्षेत्रमा लगानी आएको छ।

    वैदेशिक लगानी भित्रिएकोमध्ये २.१ प्रतिशत मात्रै सूचना प्रविधिक्षेत्रमा लगानी आएको र रोजगारी, उत्पादन, लगानी र जनशक्ति उत्पादनको हिसाबले यस क्षेत्रमा नेपालको अवस्था अझ धेरै कमजोर छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले सूचना प्रविधि क्षेत्रमा राम्रो अवसर भएकाले विदेशी तथा स्वदेशी लगानीकर्ता भित्र्याउन पहलकदमी भइरहेको बताए।

    ‘नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी भित्राउनको लागि हामीले पहलकदमी गरिरहेका छौँ’, उनले भने, ‘अबको भविष्य नै आइटी क्षेत्र भएकाले सबै मिलेर अघि बढ्नुपर्ने बेला भइसकेको छ।’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्ट सूचना प्रविधिको मात्रै विकास नगरेर अन्य पूर्वाधार पनि सँगसँगै अघि बढाउनुपर्ने बताए। उनले नेपालमा ठूला सूचना प्रविधिमा लगानी ल्याउनका लगानी बोर्डले सहयोग, सहजीकरण, समन्वय र सहकार्य गर्ने बताए।

    पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अबको जमना सूचना प्रविधिको भएको बताउँदै आइटीफिसियल इन्टेलिजेन्सको विकासमा ध्यान दिनुपर्ने बताए। ‘२१औँ शताब्दी डेटा क्यापिटलिज्म, इकोनोमीको नयाँ भेन्यु बन्छ, यसलाई प्रयोग गरेर अगाडी बढ्नपर्छ’, उनले भने ‘डेटाको प्रविधिसँग मात्र होइन, यो अर्थतन्त्रको एउटा भेन्यु हो। देशको लागि आम्दानीको स्रोत नै बन्नसक्छ।’

    यसैगरी डिजिटल पूर्वाधार तथा कनेक्टिभिटी निर्माणमा नेपालको कानुनी, नीतिगत र भौतिक जटिलताकाले चुनौती थपेको भायनेट कम्युनिकेसन्सका एमडी बिनय बोहराले बताए। डिजिटल इन्फ्रास्ट्रक्चर एण्ड कनेक्टिभिटी विषय सत्रमा बोल्दै वक्ताहरुले पछिल्लो समय डिजिटल पूर्वाधारमा निजी तथा सार्वजनिक क्षेत्रहरुको लगानी बढेर ठूलो सहयोग पुगेको बताएका छन्।

    उक्त सत्रमा मर्कनटाइल कम्युनिकेसनका एमडी सन्जिव राज भण्डारी, एनसेलका सीईओ एण्डी चोङ, डिशहोम फाइबरनेटका एमडी सुदिप आचार्य र नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा उपस्थित थिए। राजधानीको सोल्टी होटलमा आयोजना भएको कार्यक्रमको पहिलो दिन तीन विषयमा छलफल सत्र र ९ विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले ‘आईटी इन्डस्ट्रीः पावरिङ दी डिजिटल नेपाल’ मा कार्यपत्र प्रस्तुत गरेका थिए।

    सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराईले ‘रियलाइजिङ दी मिसनः कि एलिमेन्ट अफ स्ट्राटेजी फर डिजिटल नेपाल’, दओपन ग्रुप इन्डियाका महाप्रबन्धक डा. पल्लब शाहले ‘एक्सपिरियन्स अफ डिजिटल इन्टरप्राइज आर्किटेक्चर’, ह्वावे एपीएसी क्षेत्रीय कार्यलय गर्भमेन्ट इन्डस्ट्री एक्सपर्ट पेट्रिक लोले ‘डिजिटल ट्रान्सफर्मेसन सोल्युसन्स एण्ड ईकोसिस्टम फर नेपाल’ मा कार्यपत्र प्रस्तुत गरेका थिए।

    यसैगरी सञ्चार सचिव बैकुण्ठ अर्यालले ‘डिजिटल नेपालः प्रेजेन्ट स्टाटस एण्ड चार्टिङ दी कोर्स अहेड’, भायनेट कम्युनिकेसन्सका एमडी विनय बोहोराले ‘डिजिटल इन्फ्रास्ट्रक्चर एण्ड कनेक्टिभिटीः एसेसिङ दी करेन्ट स्टेट आफ डिजिटल नेपाल’, प्रेसिडेन्शियल विजनेस स्कूल काठमाडौंका आईटी प्रोग्राम डिरेक्टर, डा. सुरेश पोखरेलले ‘डिजिटल स्किल, ट्यालेन्ट पूल एण्ड दी डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल’ मा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

    ‘डेटा ग्याप्सः ब्रिङगिङ दी डेटा इन्टु सेन्टर स्टेज’ विषयको दोस्रो छलफल सत्रमा डेटा फर डेभलपमेन्ट, एशिया फाउण्डेसनकी कार्यक्रम निर्देशक सजना महर्जन, ग्रो बाई डेटाका सीईओ प्रसन्न ढुंगेल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी आईटी निर्देशक सेलिना डंगोलले डेटा ग्यापका विषयमा सार्वजनिक तथा निजी क्षेत्रबाट कार्यपत्रहरु प्रस्तुत गरेका थिए। डिजिटल नेपाल कन्क्लेभको बाँकी कार्यक्रम आज आइतबार आयोजना हुनेछ। आइतबार हुने कार्यक्रममा तीनवटा विषयमा छलफल सत्र आयोजना हुनेछ।


    अर्थ चाैतारी
  • आइतबार, ५ असार २०७९
  • सम्बन्धित समाचार