काठमाण्डौ । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागु हुनेछ भने हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट असार १७ गतेदेखि लागू हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आइतबार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका गरे ।
यस साझेदारी अन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा उक्त १०% छुट लागू हुनेछ । र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।
अर्थ चाैतारी ।