logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • कामना सेवा विकास बैंकको १५ औं शाखा रहित बैंकिङ्ग सेवा नवलपरासीको कावासोतीमा

    कामना सेवा विकास बैंकको १५ औं शाखा रहित बैंकिङ्ग सेवा नवलपरासीको कावासोतीमा

    2K
    SHARES
    कामना सेवा विकास बैंकको १५ औं शाखा रहित बैंकिङ्ग सेवा नवलपरासीको कावासोतीमा

    काठमाण्डौ । कामना सेवा विकास बैंकले १५ औं शाखा रहित बैंकिङ्ग सेवा नवलपरासीको कावासोतीमा सञ्चालनमा आजरबाट सञ्चालनमा ल्याएको छ । बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।



    कावासोती न.पा वडा नं ७ साँढमा बस्ने श्री भीमा भुर्तेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०७ का वडा अध्यक्ष श्री गोविन्द प्रसाद महतोले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका िथए । कार्यक्रममा कावसोती न.पा वडा नं ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत, पुर्व वडा सदस्य वष्णु प्रसाद काफ्ले र साहित्यकार सदानन्द जैसी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

    शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ५ असार २०७९
  • सम्बन्धित समाचार