logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर रु १९९ रुपैयाँ

    सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर रु १९९ रुपैयाँ

    1.8K
    SHARES
    सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर रु १९९ रुपैयाँ

    काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ः ०० बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।



    निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

    त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ६ असार २०७९
  • सम्बन्धित समाचार