logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • बार्षिक साढे छ अर्बको व्यवसाय सुनिश्चित गरिदिएपछि हिमालयन रि इन्स्योरेन्सकाे अंशबणडा पार्टी

    बार्षिक साढे छ अर्बको व्यवसाय सुनिश्चित गरिदिएपछि हिमालयन रि इन्स्योरेन्सकाे अंशबणडा पार्टी

    2.5K
    SHARES
    बार्षिक साढे छ अर्बको व्यवसाय सुनिश्चित गरिदिएपछि हिमालयन रि इन्स्योरेन्सकाे अंशबणडा पार्टी

    काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बीमा समितिले कानुन विपरीत सरकारी तबरबाट बार्षिक साढे छ अर्ब मुनाफाको व्यवसाय सुनिश्चित गरिदिएपछि कम्पनीले अर्थ मन्त्रालय, बिमा समिति, लगाएत नेपालमा संचालनमा रहेका विमा कम्पनीका उच्च पदाधिकारीहरूलाई सक्सेट पार्टी दिएकाे छ ।



     

    काठमाडौंको ह्यात होटलमा आयोजित कार्यक्रममा नियामक निकायकाे रूपमा रहेकाे बीमा समितिका उप निर्देशकदेखि माथिका सबै उच्च पदस्थ अधिकारी, सबै बीमा कम्पनीका सिईओ सहितका उच्च पदस्थ अधिकारी, अर्थ मन्त्रालयका विभागिय प्रमुख, मन्त्रालयकै सचिव लगाएककाे उपस्थिति रहेको थियो । कार्यक्रम अवधिभर भारतको प्रख्यात सनम ब्याण्डका भारतीय गायकहरुले निकै आकर्षक र मनमोहक गितहरु गाउँदै मध्यरातिसम्म नेपालका बीमाकर्मीहरु झुमाएका थिए ।

     

    गाेल्छा अर्गनाइजेशकाे स्वामित्व रहेकाे हिमालयन रि इन्स्योरेन्स कम्पनी उद्योग बाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छाका केही परिवारका सदस्यहरुको पनि बाक्लै उपस्थिति रहेको थियो । अर्थ चाैतारीले पाएकाे विवरण अनुसार कार्यक्रम पछि गाेल्छा अर्गनाइजेशका अध्यक्ष शेयर गोल्छा र नियमक निकाएका पदाधिकारी बिच मुनाफाकाे अंशकाे हिसाब मिलान समेत गरीएकाे छ । हिसाब मिलानमा नेपाल सरकारकाे पुर्ण स्वामित्व रहेकाे बीमा समिति नितिगत निर्णयका लागि र अर्थ मन्त्रालयलाई समन्वयकारी भुमिकाका लागि केहि अंश प्रदान गरेकाे छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार