logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

    कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

    3K
    SHARES
    कुमारी बैंकको भिसा डेबिट/क्रेडिट कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले भिसा इन्टरनेसनलसँगको सहकार्यमा आफ्ना ग्राहकका निम्ति विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट वा क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ।



    विदेशमा रहेका स्वदेशी तथा विदेशीहरुले आफ्नो मोबाइल वा इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरुमार्फत कुमारी बैंकको डेबिट वा क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन्।

    विदेशबाट भिसा डाइरेक्टमार्फत रकम पठाउँदा सीधै आफ्नो भिसा कार्डमा जम्मा हुने यो भरपर्दो र सहज माध्यम भएको धारणा कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिष ताम्राकारले व्यक्त गरे। फ्रील्यान्सरहरुले पनि यो सुविधा प्रयोग गरी आफ्नो आयआर्जन कुमारी भिसा डेबिट वा क्रेडिटएवं प्रिपेडमा सोझै प्राप्त गर्न सक्नेछन्।

    विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तहरुलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई मध्यनजर गरी यो सेवा सुचारु गरिएको बैंकले जनाएको छ। यस प्रणालीमार्फत गरिएका प्रत्येक रु. १५ हजारभन्दा बढीको भिसा डाइरेक्ट कारोबारमा प्राप्त गर्नेलाई थप प्रोत्साहन रकम रु. ५०० प्रदान गर्र्नेे व्यवस्था गरिएको बैंकले जनाएको छ।

    आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४४ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधा प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार