logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सेयर बजारमा ४५.२५ अंकको गिरावट, १३ वटै समूहमा रातो पोतियाे

    सेयर बजारमा ४५.२५ अंकको गिरावट, १३ वटै समूहमा रातो पोतियाे

    1.9K
    SHARES
    सेयर बजारमा ४५.२५ अंकको गिरावट, १३ वटै समूहमा रातो पोतियाे

    काठमाण्डौ । सेयर बजारमा बिहीबार पनि भारी अंकको गिरावट आएको छ। आज बजार ४५.२५ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १८४८.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.०६ प्रतिशतले घटेर ३६२.०९ को विन्दुमा ओर्लेको छ। आज नेप्सेमा उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।



    यो दिन जलविद्युत समूह सर्वाधिक ४.११ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ३.७९ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.५९ प्रतिशत, व्यापार समूहमा २.४८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.६८ प्रतिशत, वित्त समूह ३.४८ प्रतिशत, निर्जीवन बीमा समूहमा २.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०७ प्रतिशत, अन्य समूहमा २.४१ प्रतिशत, लघुवित्त समूहमा २.५ प्रतिशत, जीवन बीमा समूहमा १.६ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७८ प्रतिशत र लगानी समूहमा ३.५२ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २३७ कम्पनीका ५० लाख ८ हजार ७७१ कित्ता सेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँमा किनबेच भएका छन्। यो दिन कुमारी बैंकको सर्वाधिक ९ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। लक्ष्मी बैंकको ६ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको आज नबिल बैंकको ५ करोड ५३ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ४ करोड १५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ३ करोड ६९ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ३३ लाख रुपैयाँ, एनसीसी बैंकको ३ करोड १९ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ९७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    आज २ लघुवित्तका सेयरधनीहरु मालामाल भए। आँधिखोला लघुवित्तको सेयरभाउमा १० प्रतिशत तथा सिवाईसी लघुवित्तको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। लिबर्टी इनर्जीका सेयरमूल्य पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।


    अर्थ चाैतारी
  • विहिबार, ९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट