logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, नतिजा यसरी हेर्न सकिन्छ

    आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, नतिजा यसरी हेर्न सकिन्छ

    2.2K
    SHARES
    आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, नतिजा यसरी हेर्न सकिन्छ

    काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफाँड गरिएको छ। काठमाण्डौको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।



    आदर्श लघुवित्तले गत असार १ गतेदेखि ५ गतेसम्म ६७ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। संस्थाले १०० अंकित दरका कुल ६७ हजार कित्ता आईपीओ जारी गरेको थियो। जसमध्ये ५ प्रतिशतले हुने ३ हजार ३५० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुने १ हजार ३५ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ६२ हजार ६१५ कित्तामा सर्वसाधारणलाई आवेदन दिने व्यवस्था गरिएको थियो। यो आईपीओमा १६ लाख ७२ हजार ७९४ आवेदकबाट परेको १ करोड ८४ लाख २ हजार ४६० कित्ता सदर भएको छ। १ हजार ८५८ आवेदकबाट परेको २२ हजार ४४० कित्ता बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेकै कारण आदर्श लघुवित्तको आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट भाग्य ६ हजार २६१ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये २० कित्ताभन्दा बढी आवेदन दिने ५ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यो आईपीओमा १६ लाख ६६ हजार ५३३ आवेदकको हात खाली भएको छ।

    आदर्श लघुवित्तको आईपीओ बाँडफाँडको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुने बीओके क्यापिटलले जनाएको छ। आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल र धितोपत्र निष्कासनकर्ता आदर्श लघुवित्तको वेबसाइटका साथै सीडीएससीको https://iporesult.cdsc.com.np/ मा हेर्न सकिनेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट