logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • निफ्राले पाँच अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने

    निफ्राले पाँच अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने

    1.7K
    SHARES
    निफ्राले पाँच अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने

    काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र बिक्री गर्ने भएको छ। कम्पनीले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।



    निफ्राले प्रतिइकाई एक हजार रुपैयाँ दरमा ५० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो। यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ। बाँकी ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ।

    यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ। बैंकले ७ वर्ष अवधिको निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ नाममा जारी गर्न लागेको हो। यसमा बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यपिटल लिमिटेडले गर्नेछ। अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट