logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अपर हेवाखोला हाइड्रोपावरले असार २४ बाट आईपीओ बिक्री खुला गर्ने

    अपर हेवाखोला हाइड्रोपावरले असार २४ बाट आईपीओ बिक्री खुला गर्ने

    1.9K
    SHARES
    अपर हेवाखोला हाइड्रोपावरले असार २४ बाट आईपीओ बिक्री खुला गर्ने

    काठमाण्डौ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ।



    कम्पनीले १५ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल १५ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३० हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ। बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा र सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि। अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।

    यो आईपीओको निष्कासन बन्द छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा आउँदो साउन ६ गतेसम्म आवेदन दिन दिन पाइनेछ। अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट