logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • एलआईसी नेपालको सेयरमा चलखेल, हकप्रद र बोनसको हल्ला चलाएर सोझालाई फसाइँदै

    एलआईसी नेपालको सेयरमा चलखेल, हकप्रद र बोनसको हल्ला चलाएर सोझालाई फसाइँदै

    2.1K
    SHARES
    एलआईसी नेपालको सेयरमा चलखेल, हकप्रद र बोनसको हल्ला चलाएर सोझालाई फसाइँदै

    काठमाण्डौ । पछिल्ला केही दिनदेखि लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसीएन)को सेयरमूल्य अस्वाभाविक ढंगले लगातार बढिरहेको छ। यसरी सेयरमूल्य बढ्नुमा बजारमा चलखेल भइरहेको प्रस्ट बुझ्न सकिन्छ।



    गत साता मंगलबार प्रतिसेयर ११५८ रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ हिजो सोमबारसम्म बढेर १४१९ रुपैयाँ पुगेको छ। यो कम्पनीको सेयरमूल्य यो अवधिमा २६१ रुपैयाँले बढिसकेको छ। हिजो एकै दिन यो कम्पनीको सेयरमूल्यमा ११९ रुपैयाँको बढोत्तरी भएको थियो।

    अहिले बजारमा यो कम्पनीले ४० प्रतिशत हकप्रद र ४० प्रतिशत बोनस सेयर दिने हल्ला चलाइएको छ। जब कि बीमा समितिले पुँजीवृद्धिका लागि हकप्रदलाई भन्दा मर्जरलाई प्राथमिक दिएको छ। यो हिसाबले पनि यो कम्पनीले हकप्रद निष्कासन गर्न पाउने देखिँदैन।

    अर्कोतर्फ यो कम्पनीले ४० प्रतिशत बोनस सेयर वितरण गर्ने सम्भावना पनि छैन। किनकि यतिधेरै बोनस सेयर वितरण गर्ने क्षमता यो कम्पनीले बनाएको छैन। बीमा समितिले हकप्रद निष्कासन गर्न दिने सम्भावना नरहेको र अर्कोतर्फ ४० प्रतिशत बोनस सेयर वितरण गर्ने क्षमता पनि नरहेको अवस्थामा के कारणले यो कम्पनीको सेयरभाउ बढिरहेको छ भन्ने कुरा निकै चासोको विषय बनेको छ।

    यो कम्पनीको संस्थापक सेयरमा विशाल ग्रुपको ठूलो लगानी थियो। सोही विशाल ग्रुपको संस्थापक सेयरमध्ये २७ लाख कित्ता हालै सर्वसाधारण सेयरमा परिणत भएको थियो। ‘सोही सेयरलाई मूल्य बढाएर सोझा लगानीकर्ता भिडाउन अहिले ४० प्रतिशत हकप्रद र ४० प्रतिशत बोनस सेयर हल्ला चलाउने काम भइरहेको छ’, स्रोतले भन्यो, ‘जब कि यो कम्पनी हकप्रद जारी अनुमति पनि पाउने सम्भावना छैन र ४० प्रतिशत बोनस सेयर वितरण गर्ने क्षमता पनि छैन।’

    नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले लाइफ इन्स्योरेन्स कर्पोरेसनका विषयमा बजारमा चलेको हल्लाका विषयमा आफूहरुले पनि जानकारी पाएको बताए। ‘हामी अनुसन्धान गरिरहेका छौँ, चलखेल गर्नेहरुमाथि कारबाही हुन्छ’, ती अधिकारीले भने।


    अर्थ चाैतारी
  • मंगलबार, १४ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट