logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने म्याद थपियो

    मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने म्याद थपियो

    2.5K
    SHARES
    मन्दाकिनी हाइड्रोपावरको आईपीओ भर्ने म्याद थपियो

    काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका जारी गरेको आईपीओमा आवेदन दिन म्याद थप गरिएको छ।



    कम्पनीले गत असार १ गतेदेखि स्थानीयका लागि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १५ गते हुने भनिएको थियो। यो अवधिमा मागबमोजिम आवेदन नपरेको अब यो आईपीओमा असार २२ गतेसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले जनाएको छ।

    कम्पनीले जारीपुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ जारी गरेको छ। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविक सार्दिखोला गाविस, घाचोक गाविस, लाहाचोक गाविस र धिताल गाविका) का बासिन्दाले आवेदन दिन पाउनेछन्।

    स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओका लागि काठमाण्डौको सिनामंगलस्थित मन्दाकिनी हाइड्रोपावरको रजिस्ट्रार कार्यालय, कास्कीको लाहाचोकस्थित पोखरा फाइनान्स, हेम्जाको एनएमबि बैंक र लामाचोरस्थित प्राइम कमर्सियल बैंक संकलन केन्द्र तोकिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट