logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • यसरी मिल्यो नविलमा एनबी बैंकका कर्मचारीको समायोजन, ५० जनाले रोजे स्वेच्छिक अवकास

    यसरी मिल्यो नविलमा एनबी बैंकका कर्मचारीको समायोजन, ५० जनाले रोजे स्वेच्छिक अवकास

    2K
    SHARES
    यसरी मिल्यो नविलमा एनबी बैंकका कर्मचारीको समायोजन, ५० जनाले रोजे स्वेच्छिक अवकास

    काठमाण्डौ । मर्जरमा जाने आपसी सहमति गरेर नियामक नेपाल राष्ट्र बैंकबाट सैद्दान्तिक स्वीकृति पाइसकेपछि कर्मचारी समायोजनको विषयलाई लिएर लफडा भएको थियो । एनबी बैंक र नविल बैंकका कर्मचारीहरुले संस्थागतरुपमै एकअर्काको विरुद्ध खनिएका थिए ।



    एनबी बैंकका कर्मचारीहरुले नविलमा आफूहरुको घटुवा हुने सहमति भएको भन्दै राष्ट्र बैंकमा उजुरी दिएका थिए । त्यसपछि यस विषयमा राष्ट्र बैंकले चासो व्यक्त गरेको थियो । गभर्नर महाप्रसाद अधिकारीले नै दुबै बैंकका मर्जर कमिटिका अधिकारीहरुलाई बोलाएर कर्मचारीको पद र सेवा सुविधा दुबै नघट्ने गरी कर्मचारी समायोजन गर्न निर्देशन दिएका थिए । राष्ट्र बैंकले आफूले भने बमोजिम कर्मचारी समायोजन नगरेसम्म अन्तिम स्वीकृति रोकेर राखेको थियो ।

    कर्मचारी समायोजन मिलाएपछि बुधबारको सञ्चालक समितिको बैठकले नविल र एनबीलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । असार मसान्तभित्रै एकीकृत कारोबार हुने बताइएको छ । ‘अफिसर र म्यानेजसमभ्दा माथिका पद समायोजन गर्दा एक तह घटुवा हुनसक्छ,’ स्रोतले भन्यो, ‘तर, अफिसर, म्यानेजर र सोभन्दा तलको पद नघटाई समायोजन गर्ने सहमति गरेका छौं ।’ नयाँ सहमति अनुसार एनबी बैंकका अफिसर, म्यानेजर, एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट लगायतका कर्मचारीहरु नविल बैंकको सोही पदमा पदस्थापन हुनेछन् । तर, उनीहरु नविल बैंकको उक्त पदमा पदस्थापन भएपनि सेवा सुविधा भने एनबी बैंकमा बुझ्दै आएको बराबरमात्रै बुझ्नेछन् । ‘एनबीमा खाइपाई आएको पद र सेवा सुविधा नविलमा पनि पाउँछन्,’ स्रोतले भन्यो ।

    उदाहारणका लागि एनबी बैंकको अफिसरले ग्रसमा मासिक ५० हजार रुपैयाँको हाराहारीमा बुझ्दै आएका छन् भने नविल बैंकका अफिसरले ८० हजारमाथि बुझ्दै आएका छन् । अब समायोजनपछि पनि एनबीबाट नविलमा अफिसर भएर गएका कर्मचारीले नविलबाट ५० हजार नै बुझ्छन् भने नविलका अफिसरले ८० हजार माथि बुझ्छन् । ‘केही वर्षभित्र पदसँगै सेवा सुविधाको पनि समायोज हुनेछ,’ स्रोतले भन्यो । नविलमा समायोजन भएर जाने अफिसर, म्यानेजर र सोभन्दा तलका एनबीका कर्मचारीलाई नविलकै पदअनुसार सेवा सुविधा दिने हो भने बैंकलाई थप २ अर्ब रुपैयाँको व्ययभार थपिन्छ । ‘मर्जर भनेको इफिसियन्सी निकाल्नलाई गरिने हो, व्ययभार थप्न होइन,’ स्रोतले भन्यो, ‘फेरि एनबी र नविलका सबै कर्मचारीको गुणस्तर पनि बराबर छैन ।’

    आगामी दुई वर्षभित्र सेवा सुविधाा पनि समायोजन गर्ने बैंक सञ्चालक समिति र उच्च व्यवस्थापनको छ । एनबी बैंकका निवर्तमान सीइओ ज्ञानेन्द्र ढुंगाना भोलि (असार १७) गतेदेखि ४ वर्षका लागि नविल बैंकको सीइओमा नियुक्ति भइसकेका छन् । एनबी बैंकका कर्मचारीहरुलाई नविलमा समायोजन हुँदा कुनै पनि प्रकारको अन्याय हुन नदिने प्रतिवद्धता ढुंगानाले बारम्बार व्यक्त गर्दै आएका छन् । पछिललो विवाद मिलाउन पनि ढुंगाना निकै सक्रिय भएका थिए ।

    मर्जरपछिको कर्मचारी समायोजनमा चित्त नबुझाउने एनबी बैंकका ५० जना कर्मचारीले स्वेच्छिक अवकासका लागि आवेदन दिएका छन् । एकीकृत कारोबार हुने अघिल्लो दिनसम्ममा यो संख्या दोब्बर हुने अनुमान गरिएको छ । नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ । मर्जपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ । निक्षेप २ खर्ब २१ अर्ब हुने छ । यस्तै कर्जा ३ खर्ब ७ अर्ब हुने छ । नबिल बैंकको शाखा १३५ वटा शाखा, एटिएम १८५ रहेका छन् भने नेपाल बंगलादेश बैंकको शाखा ९९ र एक्सटेन्सन काउन्टर ८ वटा तथा एटिएम ८१ वटा रहेका छन् । कुल शाखाको संख्या २३४ वटा पुग्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट