logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • आयल निगमले सरकारबाट पाउने भयो ८ अर्ब

    आयल निगमले सरकारबाट पाउने भयो ८ अर्ब

    1.6K
    SHARES
    आयल निगमले सरकारबाट पाउने भयो ८ अर्ब

    काठमाण्डौ । सरकारले नेपाल आयल निगमलाई ८ अर्ब रुपैयाँ सोधभर्ना दिने भएको छ । आयल निगमले माग गरे अनुसार सरकारले ८ अर्ब रुपैयाँ निकासा दिन लागेको हो ।



    गतसाता प्रधानमन्त्रीको निर्देशनमा कर घटाउने निर्णय भएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पेट्रोलियम पदार्थको मूल्य घटेको जानकारी दिएका थिए । बडूले मूल्य घटेको बताएपनि पेट्रोलियम पदार्थमा लाग्दै आएको कर कति रुपैयाँले घट्यो त्यसको जानकारी उनले दिएका थिएनन् ।

    अर्थमन्त्रालयले कर नघटाउने र मूल्य घटाएको बराबरको सोधभर्ना निगमलाई दिने बताएको थियो । सो अनुसार निगमलाई सरकारले ८ अर्ब रुपैयाँ दिन लागेको हो । सरकारले अत्याधिक कर पेट्रोलियम पदार्थमा लगाएको छ । पेट्रोलियम पदार्थको बढ्दो मूल्य तथा अत्याधिक लागेको करले पेट्रोलको मूल्य लिटरको १९९ सम्म पुगेको थियो ।


    अर्थ चाैतारी
  • विहिबार, १६ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट