logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • डेंगु बढेपछि कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन सरकारकाे अनुरोध

    डेंगु बढेपछि कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन सरकारकाे अनुरोध

    2K
    SHARES
    डेंगु बढेपछि कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन सरकारकाे अनुरोध

    काठमाण्डौ । नेपाल सरकारले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन अनुरोध गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यास्थल वरपर सफा गर्न र पुरा बाहुला भएको लुगा लगाउन सबै कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई आग्रह गरेको छ ।



    मन्त्रालयले देशभर डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै त्यसको जोखिम कम गर्न कर्यास्थल परिपरी निरन्तर सफा गर्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन मन्त्रालयले निर्देशन दिएको छ ।

    मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार डेंगु रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुटटेको टोकाइबाट बच्नु हो । प्राय दिनको समय,विशेष गरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने उनले बताएका छन् ।

    मन्त्रालयले जारी गरेको सूचनामा मन्त्रालयले प्रतिकार्य योजना बनाइ विभिन्न गतिविधि सन्चालन गरिरहेको जनाकारी दिइएको छ । सो सूचनामा लेखिएको छ,”डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको छ ।”


    अर्थ चाैतारी
  • सोमबार, २७ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट