logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • आइएमई बन्याे पब्लिक रेमिटेन्स कम्पनी, आईपीओ निष्कासन गर्ने धितोपत्र बोर्डमा निवेदन दिने

    आइएमई बन्याे पब्लिक रेमिटेन्स कम्पनी, आईपीओ निष्कासन गर्ने धितोपत्र बोर्डमा निवेदन दिने

    1.8K
    SHARES
    आइएमई बन्याे पब्लिक रेमिटेन्स कम्पनी, आईपीओ निष्कासन गर्ने धितोपत्र बोर्डमा निवेदन दिने

    काठमाण्डौ । नेपालको लोकप्रिय रेमिट्यान्स कम्पनी आइएमई पहिलो पब्लिक कम्पनी बन्ने भएको छ । शुक्रबार राजधानीमा सम्पन्न कम्पनीको २२ औँ साधारण सभाले पब्लिक कम्पनीमा जाने प्रस्ताव पारित गरेको हो । यद्यपि, कति सेयर सर्वसाधारणलाई जारी गर्ने हो सो भने खुलाइएको छैन ।



    साधारणसभामा संछिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कठिन जोखिम दिएको कम्पनी पब्लिक कम्पनीमा जान क्षमतामा पुगेको बताए । अध्यक्ष ढकालले आम सेवाग्राहीवीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए ।

    यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले छिट्टै सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए ।

    यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक समेत नियुक्त गरेर नियामक धितोपत्र बोर्डमा निवेदन दिने उनले बताए । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा धेरै प्रयोगकर्ताहरूले रियल टाइम डिजिटल भुक्तानी तथा रेमिटेन्स सेवाको लाभ लिएका कम्पनीको दाबी छ ।


    अर्थ चाैतारी
  • शनिबार, १७ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट