logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खल्ती र काठमाण्डौ महानगरपालिकाबीच राजस्व सङ्कलनमा साझेदारी

    खल्ती र काठमाण्डौ महानगरपालिकाबीच राजस्व सङ्कलनमा साझेदारी

    2.1K
    SHARES
    खल्ती र काठमाण्डौ महानगरपालिकाबीच राजस्व सङ्कलनमा साझेदारी

    काठमाण्डौ । खल्तीले करदाताहरूका लागि काठमाण्डौ महानगरपालिकासँग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ। यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाण्डौ महानगरपालिकाको तिर्नुपर्ने करहरू घर बहाल कर, सम्पति कर व्यवसायको कर अब खल्ती मार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।



    यसअघि यो सेवा करदाता पोर्टलमा लगइन गरि मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमा नै सक्षम पारेर भुक्तानीलाई अझ सहज र झन्झटमुक्त बनाएको छ । यस सेवाका बारे थप बोल्दै खल्ती का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने – हाम्रो लक्ष्य भनेको जनताको दैनिक भुक्तानीलाई सहज बनाउनु हो, यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीहरूसँग साझेदारी सुरु गरेका छौँ। काठमाण्डौ महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउने उनको भनाइ छ ।

    खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्ग साईटमा भुक्तानी गरि ६० हजारभन्दा बढी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि खल्तीले योगदान दिँदै आएको छ।


    अर्थ चाैतारी
  • शनिबार, १७ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट