logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कक्षा ११ को रजिस्ट्रेशन आवेदन खुल्यो, कहिलेसम्म भर्न पाइन्छ? (सूचनासहित)

    कक्षा ११ को रजिस्ट्रेशन आवेदन खुल्यो, कहिलेसम्म भर्न पाइन्छ? (सूचनासहित)

    1.2K
    SHARES
    कक्षा ११ को रजिस्ट्रेशन आवेदन खुल्यो, कहिलेसम्म भर्न पाइन्छ? (सूचनासहित)

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ।



    शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले सूचना जारी गर्दै जानकारी गराएको छ। पुष १५ भित्र आवेदन बुझाउँदा ४०० शुल्क लाग्ने र पुस मसान्तभित्र बुझाउँदा ८०० शुल्क लाग्ने बोर्डले सूचनामा उल्लेख गरेको छ।

    पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई मा न्यूनमत १.६ जीपीए प्राप्त गर्ने विद्याथीईले कक्षा ११ मा अध्ययन गर्न पाउने र सोही आधारमा रजिस्ट्रसेन फारम भर्नुपर्नेछ।

    त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई को ग्रेडसिटको प्रतिलिपिसमेत पेस गर्नु सूचनामा उल्लेख छ। कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह र विषय कोड अनुरूप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फारम भर्ने व्यवस्था मिलाइएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ मंसिर २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट