logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्यो लाभांश

    ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्यो लाभांश

    1.7K
    SHARES
    ग्लोबल आईएमई लघुवित्तले घोषणा गर्यो लाभांश

    काठमाण्डौ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशतका दरले लाभांस घोषणा गरेको हो ।



     

     

    कम्पनीको १६५औं सञ्चालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको हो । लघुवित्तले आफ्ना लगानीकर्तालाई ६ करोड ६३ लाख १० हजार ७१९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने छ । यस्तै, ४ करोड ४२ लाख ७ हजार १४६रुपैयाँ बराबरको नगद लाभांस वितरण गर्नेछ ।

     

     

    लघुवित्तले कूल ११ करोड ५ लाख १७ हजार ८६५ रुपैयाँ बराबरको लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले गरेको यो प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


    अर्थ चाैतारी
  • विहिबार, ५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट