logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

    ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

    702
    SHARES
    ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आजबाट बिक्री खुला

    काठमाण्डौ । सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सनराइज फोकस्ड इक्विटी फन्ड’का इकाइहरु आज माघ १० गतेबाट बिक्री खुला गरिएको छ।



    यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बिक्री खुला गरिएको हो। जसमा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाइ कोष प्रवर्द्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम १० करोड २० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ। बन्दमुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो १० वर्षे योजना हो।

     

    यो योजनाका इकाइ खरिद गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय र तिनका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ। यस योजनाको निष्कासन बन्द छिटोमा माघ १३ गते बैंकिङ समयपछि हुनेछ। त्यस अवधिमा पनि मागबमोजिम खरिद आवेदन नपरेको खण्डमा १० २४ गतेसम्म बिक्री खुला गरिने सनराइज क्यापिटलले जनाएको छ।

     


    अर्थ चाैतारी
  • मंगलबार, १० माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट