logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • इक्राद्वारा मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावरको रेटिङ पुनःपुष्टि

    इक्राद्वारा मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावरको रेटिङ पुनःपुष्टि

    1.5K
    SHARES
    इक्राद्वारा मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावरको रेटिङ पुनःपुष्टि

    काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले मुक्तिनाथ कृषि कम्पनी र सुपर माई हाइड्रोपावरको निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ।



     

    इक्राले मुक्तिनाथ कृषि कम्पनीलाई विगतमा प्रदान गरेको (इक्राएनपी–आईआर)बीबी माइनस निष्कासनकर्ता रेटिङ पुनःपुष्टि गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

     

    यसैगरी इक्राले सुपर माई हाइड्रोपावरई विगतमा प्रदान गरेका(इक्राएनपी–आईआर)बीबीबी माइनस निष्कासनकर्ता रेटिङ पनि पुनःपुष्टि गरेको छ। यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ। यी दुवै कम्पनी रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको इक्राले स्पष्ट पारेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट