logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकमलाई प्राधिकरणको ताकेता, ५ अर्ब बढी रकम तिर्न बाकीँ

    बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकमलाई प्राधिकरणको ताकेता, ५ अर्ब बढी रकम तिर्न बाकीँ

    832
    SHARES
    बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकमलाई प्राधिकरणको ताकेता, ५ अर्ब बढी रकम तिर्न बाकीँ

    काठमाण्डौ । नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणको बक्यौता रकम दाखिला गर्न युनाइटेड टेलिकम लिमिटेडको नाममा प्राधिकरणले सूचना जारी गरेका छ ।



    युनाइटेड टेलिकमले प्राधिकरणलाई ५ अर्ब ३० करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।

    २०७३ साल भदौ २० गते युनाइटेड टेलिकमलाई जारी गरिएको आधारभूत टेलिफोन सेवाको अनुमति पत्रपश्चात् त्यस लि। बाट नेपाल सरकार तथा यस प्राधिकरणलाई तिर्नु र बुझाउनु पर्ने अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतका दस्तुर रकम २०७९ पुस मसान्तसम्म ५ अर्ब ३० करोड ९४ लाख ४९ हजार १५३.८८ रुपैयाँ कायम हुन आएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

    लामो समय दाखिला नभएकोले हालसम्म बाँकी रहेको सम्पूर्ण बक्यौता यही मिति २०७९ माघ मसान्तसम्म बुझाई सोको सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न प्रकाशित सूचनामा भनिएको छ ।

     

    उल्लेखित समय भित्र उपरोक्त बक्यौता रकम दाखिला नगरेमाप्रचलितकानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १६ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट