logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहक विशेष छुट

    सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहक विशेष छुट

    1.4K
    SHARES
    सीजी डिजिटलमा सामान किन्दा कुमारी बैंकका ग्राहक विशेष छुट

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सीजी डिजिटल एन्ड एलजी शपेबाट सामान खरिद गर्दा कुमारी बैंकको ग्राहकले विशेष छुट प्राप्त गर्ने योजना ल्याएको छ।



     

    अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले आधिकारिक सीजी डिजिटल र एलजी शपेमार्फत उत्पादनहरु खरिद गर्दा २० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। यो योजनाको फाइदा कुमारी बैंकका ग्राहकले आउँदो फागुन १५ गतेसम्म पाउनेछन्।

     

    डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्नका निम्ति कुमारी बैंकले यस सहकार्य मार्फत सीजी डिजिटल एनड एलजी शपेमा आफ्नो डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न मिल्ने प्रावधान गरेको हो। आगामी दिनमा पनि कुमारी बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाहरुमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहनेछ।

     

    कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट