logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु

    नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु

    1K
    SHARES
    नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु

    काठमाण्डौ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले टेलिकमले नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी दिए। कम्पनीको १९औँ वार्षिकोत्सवको अवसरमा एनटी एनिभर्सरी अफर उपलब्ध गराइएको छ। यस अन्तर्गत रु. २९४ मा १० दिनका लागि २० जीबी डाटा, रु.९८ मा ३ दिनका लागि ६ जीबी डाटा र रु.४९ मा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ।



     

    यसैगरी रु. २०० देखि रु. ४९९ को रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु. ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ। यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ। नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि रु. १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ। यो सेवा फागुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ।

     

    यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मानपत्र र कम्पनीका विभिन्न सेवाहरु निःशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

     

    यसका साथै आज कम्पनीको १९औँ वार्षिकोत्सवका अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षणको सुरुआतसमेत गरिएको छ। विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुसँग उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको निर्देशक पौडेलले जानकारी दिए।


    अर्थ चाैतारी
  • आइतबार, २२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट