logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल क्लियरिङ हाउसको अध्यक्षमा दयाराम शर्मा नियुक्त

    नेपाल क्लियरिङ हाउसको अध्यक्षमा दयाराम शर्मा नियुक्त

    754
    SHARES
    नेपाल क्लियरिङ हाउसको अध्यक्षमा दयाराम शर्मा नियुक्त

    काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा नियुक्त भएका छन्।कम्पनी सञ्चालक समितिको बैठकबाट शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो।



     

    नेपाल राष्ट्र बैंककी डेप्युटी गभर्नर डा. नीलम ढुंषना तिम्सिनासँग आजको औपचारिक कार्यक्रममा शर्माले अध्यक्ष पदको सपथ ग्रहण गरेका छन्। तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपश्चात शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन्। नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि छन्। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित कम्पनी हो।

     

    यसको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्टआईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) तथा नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस)माफृत नेपालपे क्यूआर र नेपालपे ट्यापलगायतका विभिन्न प्रणाली, च्यानल, प्लेटफर्म तथा उपकरणहरु सञ्चालन गर्दै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट