logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपाल टेलिकमको ५ जी नेटवर्क ट्रायल सुरु

    नेपाल टेलिकमको ५ जी नेटवर्क ट्रायल सुरु

    1.4K
    SHARES
    नेपाल टेलिकमको ५ जी नेटवर्क ट्रायल सुरु

    काठमाण्डौ । नेपाल टेलिकमले पहिलो पटक पाँचौं जेनेरेसनको मोबाइल नेटवर्क ५जी को आन्तरिकरुपमा परीक्षण सुरु गरेको छ । कम्पनीले माघ २२, मा आफ्नो १९ औं वार्षिकोत्सवसँगै सबैभन्दा ठूलो र सबैभन्दा उन्नत वर्तमान नेटवर्क लाइभमा ल्याएको थियो ।



    कम्पनीको यो परियोजनालाई विश्वको अग्रणी दूरसञ्चार गियर विक्रेता ह्वावेले सहयोग गरेको जनाइएको छ ।
    चिनियाँ टेक जाइन्टले ‘नेपालमा पहिलो पटक’ धेरै प्रविधिहरू लन्च गर्नमा मुख्य भूमिका खेलेको जनाइएको छ । यसअघि ह्वावेले नेपाललाई ४जी, इन्टेलिजेन्ट नेटवर्क, आईभीआर र आईपी टेलिफोनीमा आईफी मल्टिमिडिया सबसिस्टम, टुजी झीएसएम र सीडीएमएलगायतका नेटवर्क लन्च गर्न मद्दत गरेको थियो ।

    अहिलेको लागि, कम्पनीले ५जी परीक्षणबाट आफ्नो डाटा सङ्कलन गर्नेछ । त्यससँगै नतिजाको विश्लेषण गरेर परीक्षण परिणामको आधारमा यसको व्यावसायिक सुरुवात हुने जनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट