logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • गुणस्तरीय विद्युतीय सवारी आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ ः अर्थमन्त्री पौडेल

    गुणस्तरीय विद्युतीय सवारी आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ ः अर्थमन्त्री पौडेल

    858
    SHARES
    गुणस्तरीय विद्युतीय सवारी आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्छ ः अर्थमन्त्री पौडेल

    काठमाण्डौ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई गुणस्तरीय विद्युतीय सवारी मात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसनको ४६औ वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले थोत्रा सवारीको आयात र प्रयोग रोक्ने चुनौती रहेको बताएका हुन ।



    उनले विद्युतीय सवारीको प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार छ । तर, नेपाल पुराना र थोत्रा सवारीको उद्गमस्थल बन्नबाट रोक्नु पर्ने बताए ।

    नेपाली बजार गुणस्तरीय विद्युतीय सवारीको आयत लागि मात्र खुला छ भन्ने स्पष्ट पार्न चाहन्छु,ु अर्थमन्त्रीले भने, विद्युतीय सवारीको आयात र प्रयोग गर्ने निहुँमा गुणस्तरहीन आयत रोक्नुपर्छ ।

    यस्तै अर्थमन्त्री पौडेलले सवारीसाधनलाई सरकारले कहिल्यै विलासिताको बस्तुको सूचीमा नराखेको बताए । उनले राज्यले सबैभन्दा धेरै लगानी सडक क्षेत्रमा गर्ने भएकाले सोही सडकमा कुद्ने सवारीसाधनलाई विलासिताको बस्तुको सूचीमा राख्न नसकिने प्रस्ट्याए ।

    यद्यपि, राज्य कोषमा रहेको विदेशी मुद्राको सञ्चित घटेकाले केही बाध्यतावश समय सवारी साधनको आयात रोक्नुपरेको विषय व्यवसायीहरूले बुझ्नुपर्ने पौडेलको भनाई छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट