logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’

    ‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’

    676
    SHARES
    ‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’

    काठमाण्डौ । राष्ट्रिय मधेसी नागरिक समाजले किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने माग गरेको छ । समाजले मधेस किसानका लागि उर्बर भूमि भए पनि किसानलाई मलको अभाव तथा बीउबिजनको उपलब्धता दिनानुदिन कठिन हुँदा किसानले सास्ती भोग्नुपरेको भन्दै उपलब्ध गराउनुपर्ने माग गरेको हो ।



     

    समाजले आज विज्ञप्ति जारी गरी अहिले नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रम दिनप्रति दिन झनझन बढ्दै गएको भन्दै देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ ।

     

    “बेरोजगारी समस्याले सीमा नाघिसकेको छ, अहिले देशमा सबैभन्दा बढी विदेश पलायन हुनेमा मधेसी नागरिक हुन्, जुन राज्यकै तथ्याङ्कले देखाउँछ, राज्यले रेमिटेन्सका रूपमा स्रोत प्राप्त गर्ने तर ती नागरिकका लागि काम गर्ने वातावरण र स्वास्थ्यका विषयमा मौन रहेको छ”, विज्ञप्तिमा भनिएको छ । आर्थिक, राजनीतिक र समाजिकरूपमा पछाडि परेको मधेसी दलित समुदायको शिक्षा र स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्नुपर्नेमा समाजको जोड छ ।


    अर्थ चाैतारी
  • शनिबार, २८ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट