logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • कोइला अभावमा हेटौंडा सिमेन्ट उद्योग बन्द

    कोइला अभावमा हेटौंडा सिमेन्ट उद्योग बन्द

    689
    SHARES
    कोइला अभावमा हेटौंडा सिमेन्ट उद्योग बन्द

    काठमाण्डाै । कोइलाको अभावमा हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ ।



     

    उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आगामी फागुन ५ गते भित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । उनका अनुसार उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भुटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको छ ।

     

    सो उद्योगबाट उत्पादित सिमेन्ट काठमाडौँ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट