logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अव्यक्त प्रेम (कविता)

    अव्यक्त प्रेम (कविता)

    871
    SHARES
    अव्यक्त प्रेम  (कविता)

    अव्यक्त प्रेम



    आज फेरि समयले मलाई
    पुराना यादहरुमा ल्याएर
    छोडिदिएको छ
    जहाँ तिमी र म थियौँ
    अनि अव्यक्त प्रेम थियो!

    न रोज डे थियो
    न भ्यालन्टाइनको तामझाम नै
    न कुनै महङ्गा उपहारहरु
    तिमी आउथ्यौ रित्तै हात
    र पनि मेरो अनुहारमा
    गुलाफी रङ चड्थ्यो
    तिम्रो आगमनले हो वा
    उमेरै गुलाफी भएर हो !

    तिम्लाई खुसी देख्दा
    मेरा ओठहरु अनायासै मुस्कुराउँथेँ
    तिम्रो पीडामा खै किन म छ्ट्पटाउथेँ
    कहिलेकाहीँ जानीजानी
    म लुकेर बसिदिन्थेँ
    मेरो अनुपस्थितिमा
    तिमीले देखाउने व्यवहार
    कस्तो हुन्छ?
    मलाई त्यो जान्न मन लागेको हुन्थ्यो
    मलाई नदेख्दा
    तिम्रा नयनहरुले पनि मलाई नै
    खोजिरहेको देख्थेँ
    लुकेर यी दृश्यहरु हेर्दा
    मनभित्र सल्याङ्बलयाङ हुन्थ्यो
    अनेक कल्पनाहरुले
    काउकुती लगाएर जान्थे!

    न तिमीले केही बोल्यौ
    न मैले नै हिम्मत गरेँ
    थाहा छैन त्यतिबेला
    तिमी र म बिच के थियो
    लाग्छ अहिले,
    अव्यक्त प्रेम थियो।

    रन्जना लामिछाने


    अर्थ चाैतारी
  • मंगलबार, २ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट