logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई २०% छुट

    केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई २०% छुट

    754
    SHARES
    केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा एनआईसी एशिया बैंकका ग्राहकलाई २०% छुट

    काठमाण्डौ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकले काठमाण्डौको दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेबारे समझदारी भएको छ।



     

    छुटसम्बन्धी समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार एनआईसी एसिया बैंकमा खाता खोलेर मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले उक्त केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन्।

     

    एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बंैकिङ सञ्जालहरु भएका बैंकहरुमध्येको बैंक हो। बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरु, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ।

     

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बंैकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ। जुन समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरु मध्येको हो।

     

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट