logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सिटिजन्स बैंक र ओपिअम रेस्टुरेन्टबीच समझदारी

    सिटिजन्स बैंक र ओपिअम रेस्टुरेन्टबीच समझदारी

    702
    SHARES
    सिटिजन्स बैंक र ओपिअम रेस्टुरेन्टबीच समझदारी

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओपिअम रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।



    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओपिअम रेस्टुरेन्टमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

     

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

     

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ८ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट