logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सिटिजन्स बैंक र ओरिएन्ट क्याफेबीच समझदारी

    सिटिजन्स बैंक र ओरिएन्ट क्याफेबीच समझदारी

    1.4K
    SHARES
    सिटिजन्स बैंक र ओरिएन्ट क्याफेबीच समझदारी

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओरिएन्ट क्याफेबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओरिएन्ट क्याफेमा १५% सम्मको आकर्षक छुट पाउनेछन् ।



     

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

     

    डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३४ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १० फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट