logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१

    सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१

    650
    SHARES
    सरकारले तोक्यो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल तीन हजार तीन सय ५१

    काठमाण्डाै । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ५१ तोक्ने निर्णय गरेको छ । यही फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उक्त मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।



     

    बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

     

    बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आव २०७८/०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको छ । सरकारले आगामी चैत १३ देखि १६ सम्म थाइल्यान्डको बैंककमा आयोजना हुने दीगो विकाससम्बन्धी १०औँ एशिया प्यासिफिक फोरम कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिएको छ ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, १२ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट