logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नमस्ते पेबाट यती एअरलाइन्सको उडान टिकट खरिदमा रु. ३०० क्यासब्याक

    नमस्ते पेबाट यती एअरलाइन्सको उडान टिकट खरिदमा रु. ३०० क्यासब्याक

    754
    SHARES
    नमस्ते पेबाट यती एअरलाइन्सको उडान टिकट खरिदमा रु. ३०० क्यासब्याक

    काठमाण्डौ । नमस्ते पेले यही फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकलाई यती एअरलाइन्सको उडान टिकटमा विभिन्न अफर ल्याएको छ।



     

    नमस्ते पेबाट उडान टिकट खरिद गर्ने ग्राहकले ‘फ्लाई३००’ प्रोमोकोड प्रयोग गरेर आफ्नो वालेटमा रु. ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। यसका साथै प्रत्येक हप्ता एकजना भाग्यशाली उडानकर्ताले आफ्नो वालेटमा १०० प्रतिशत क्यासब्याक पाउनेछन्। नमस्ते पे प्रयोगकर्ताले नमस्ते पे वालेटमार्फत सुपथ मूल्यमा आन्तरिक गन्तव्यहरुका लागि उडान टिकटहरु (एकतर्फी र राउन्ड ट्रिप) खरिद गर्न सक्छन्।

     

    नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट