logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ७ महिनामा ५४ करोडकाे अम्रिसो निर्यात

    ७ महिनामा ५४ करोडकाे अम्रिसो निर्यात

    715
    SHARES
    ७ महिनामा ५४ करोडकाे अम्रिसो निर्यात

    काठमाण्डौ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट ८५ लाख ६० हजार किलोग्राम अम्रिसो (कुचो) निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउन महिनादेखि माघ महिनासम्मको अवधिमा उक्त परिमाणको अम्रिसो निर्यात भएको हो ।



     

    यसबापत निर्यातकर्ताले ५४ करोड ६९ लाख ५४ हजार रुपैयाँ विदेशी रकम नेपाल भित्र्याएका छन् । नेपालबाट निर्यात भएको सबै अम्रिसो (ब्रुम ग्रास) भारततर्फ गएको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष २०७८÷७९ को ७ महिनाको अवधिमा ३६ करोड ५६ लाख ७७ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा नेपालबाट ७३ लाख ७४ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।

     

    गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ७ महिनामा अम्रिसोको निर्यात बढेको देखिएको छ । गत वर्षको यही अवधिको तुलनामा १८ करोड रुपैयाँभन्दा धेरै रकमको अम्रिसो निर्यात भएको विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट