logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • कृषि विकास अनुगमन कार्यक्रमको रकम रोक्का

    कृषि विकास अनुगमन कार्यक्रमको रकम रोक्का

    754
    SHARES
    कृषि विकास अनुगमन कार्यक्रमको रकम रोक्का

    काठमाण्डौ । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम’ को ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बजेट रोक्का गरेको छ ।



     

    अर्थले दुई महिना अघि मात्रै यो कार्यक्रम सञ्चालनको स्वीकृति दिएको थियो । अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई पत्रलेख्दै बजेट रोक्का राख्न अनुरोध गरेको हो । महालेखाले कोष तथा देखा नियन्त्रण कार्यालयलाई पत्राचार गर्दै अर्थको पत्रानुसार प्रदेश तथा स्थानीय स्तरमा सञ्चालित आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमबापत अनुदानका रूपमा वित्तीय हस्तान्तरण भएको ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ रोक्का राख्न भनेको छ। अर्को व्यवस्था नभएसम्म बजेट रोक्का हुने जानकारी महालेखाले दिएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट