logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब 

    ७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब 

    702
    SHARES
    ७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब 

    काठमाण्डौ । चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्व २५ अर्व घाटा नाघेको छ ।



    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्क अनुसार मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड छ । गत वर्षको तुलनामा यो घाटा १८ दशमलब ७१ प्रतिशतले कमी हो ।

     

    गत वर्ष सो अवधिमा यस्तो व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको थियो । सात महिनामा कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको छ । आयात गत वर्षको यसै अवधिको तुलनामा १९.९० प्रतिशतले कम हो ।

    निर्यात भने २९ प्रतिशतले घटेको छ । साउनदेखि माघसम्म कुल ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ । गत वर्ष यस अवधिमा १ खर्ब ३१ अर्ब ६५ करोडको निर्यात भएको थियो ।


    अर्थ चाैतारी
  • शनिबार, १३ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट