logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बढ्यो ब्रोइलर कुखुरा मासुको मूल्य

    बढ्यो ब्रोइलर कुखुरा मासुको मूल्य

    767
    SHARES
    बढ्यो ब्रोइलर कुखुरा मासुको मूल्य

    काठमाण्डौ । जिउँदो ब्रोइलर कुखुराको मूल्य बढेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले शनिबार (फागुन १३ गते)देखि लागू हुने गरी कोल्डस्टोरमा जिउँदो ब्रोइलर कुखुराको मूल्य बढाएको हो। आर्थिक मन्दी, दानाको मूल्यवृद्धि, माग बढ्नु र उत्पादन घट्नुले मूल्य बढेको संघले जनाएको छ।



     

    जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य कोल्डस्टोरमा अब प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरिएको छ। कोल्डस्टोरमा मूल्य बढेसँगै खुद्रा मूल्य पनि बढेको छ। पछिल्लो एक महिनायता ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर बढिरहेको छ। माघ १० गते संघले कोल्डस्टोर मूल्य प्रतिकिलो २५० रुपैयाँ तोकेको थियो। गत फागुन २ गतेदेखि लागू हुने संघले मूल्य बढाएर २६० रुपैयाँ पुर्याएको थियो।

    त्यसपछि फेरि फागुन ६ गतेदेखि लागू हुने गरी संघले प्रतिकिलो १० रुपैयाँ बढाएर २७० पुर्याएको थियो। अहिले फेरि १० रुपैयाँ बढाएर २८० रुपैयाँ प्रतिकेजी पुर्याइएको छ। उत्पादन र मागको हिसाबले मूल्य थप बढ्न सक्ने संघले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, १५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट