logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपालीलाई नै ठेक्का दिन निर्माण व्यवसायीको सेनासँग माग

    नेपालीलाई नै ठेक्का दिन निर्माण व्यवसायीको सेनासँग माग

    845
    SHARES
    नेपालीलाई नै ठेक्का दिन निर्माण व्यवसायीको सेनासँग माग

    काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटी यस्तो आग्रह गरेको हो ।



     

    स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महसुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजनाहरू समयमा सम्पन्न हुने तर्क महासंघ प्रतिनिधिमण्डलले प्रधानसेनापति शर्मा समक्ष राखेको छ । प्रधानसेनापति शर्माले महासंघको अवधारणालाई सकारात्मक रुपमा लिँदै नेपाली निर्माण कम्पनीहरू पनि आफूले सक्षम पाएको बताए थिए। महासंघको अवधारणा कार्यान्वयनका लागि आफ्नो तर्फबाट सकारात्मक पहल हुने उनले बताए । महासंघ प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी थिए।


    अर्थ चाैतारी
  • सोमबार, १५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट