logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • खानयोग्य अवधि सकिएका वस्तु भेटिएपछि सिंहदरबारको क्यान्टिनमा विभागको ३ लाख जरिवाना

    खानयोग्य अवधि सकिएका वस्तु भेटिएपछि सिंहदरबारको क्यान्टिनमा विभागको ३ लाख जरिवाना

    1.4K
    SHARES
    खानयोग्य अवधि सकिएका वस्तु भेटिएपछि सिंहदरबारको क्यान्टिनमा विभागको ३ लाख जरिवाना

    काठमाण्डौ । सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेको छ । आइतबार विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो ।



     

    सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला र दुग्धजन्य पदार्थ भेटिएको छ । यसका साथै दुर्गन्धित मासु र तरकारी समेत फेला परेपछि टोलीले त्यस्ता सबै वस्तुहरू तत्काल नष्ट गरेको छ ।

     

    साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृह र सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १५ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट