logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • डाबरले दियो काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख

    डाबरले दियो काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख

    1.4K
    SHARES
    डाबरले दियो काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख

    काठमाण्डौ । डाबर नेपालले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।



    काठमाण्डौ स्थित डाबर नेपालको प्रांगणमा आयोजित एक समारोहमा डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र विजनेस हेड (नेपाल र म्यानमार) एचएस बेदीले चाइल्ड हेल्थ काठमाण्डौ बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई सो रकम हस्तान्तरण गरे।

     

    कार्यक्रममा डाबर नेपालका हेड एचआर अनिल पुरी र चाइल्ड हेल्थका एडमिन कन्सल्टेन्ट मंदार शिखर ब्यानर्जीको उपस्थिति रहेको थियो। चाइल्ड हेल्थ काठमाण्डौ बाल स्वास्थ्य संस्थान नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तारमा निरन्तर सेवामा छ।

     

    नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन चाइल्ड हेल्थलाई सहयोग गरेको जनाएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट