logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • इन्धनको मूल्य यथावत राख्ने आयल निगमको निर्णय

    इन्धनको मूल्य यथावत राख्ने आयल निगमको निर्णय

    637
    SHARES
    इन्धनको मूल्य यथावत राख्ने आयल निगमको निर्णय

    काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य यथावत राख्ने भएको छ । इण्डियन आयल कर्पोरेशनआईओसीले आज नयाँ मूल्य सूची घटाएर पठाए पनि मुल्य नघटाउने निर्णय गरेको जनाएको छ ।



    भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ ।

    जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट