logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • टाटाका कमर्सियल गाडीको मेगा होली क्याम्प, यतिसम्म पाइन्छ छुट

    टाटाका कमर्सियल गाडीको मेगा होली क्याम्प, यतिसम्म पाइन्छ छुट

    624
    SHARES
    टाटाका कमर्सियल गाडीको मेगा होली क्याम्प, यतिसम्म पाइन्छ छुट

    काठमाण्डौ । होलीको अवसरमा सम्पूर्ण ग्राहकवर्गमा शुभकामनास्वरुप सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि मेगा होली क्याम्पको आयोजना गरेको छ। यही फागुन १७ गते सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक विशेष समारोहबीच उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन्।



     

    कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहकवर्गको चाहना, आवश्यकता र हालको परिस्थितिलाई मध्यनजर गरी टाटा कमर्सियल गाडीहरुको सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उद्देश्यले सिप्रदीले गुणस्तरीय सेवाको साथमा टाटा जेन्यूइन पार्ट्स तथा टाटा जेन्यूइन आयलको मूल्यमा भारी छुट सुविधा प्रदान गरेको बताए। उनले उक्त सुविधाको भरपूर फाइदा उठाउन ग्राहकवर्गमा अनुरोध गरे।

     

    यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको निःशुल्क बम्पर टु बम्पर चेक जाँच, टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशतदेखि २२ प्रतिशतसम्मको छुट, टाटा जेन्यूइन आयलमा २५ प्रतिशत छुट, सर्भिस बुकिङ्ग गरेर आउने गाडीहरुलाई लेवर चार्जमा ५० प्रतिशत छुट र निःशुल्क वासिङ्ग सुविधा र क्याम्पमा सहभागी हुने ग्राहकहरुका लागि अर्को चोटिको लागि पनि उही छुट सुविधा भएको सर्भिस छुट कुपनको साथमा भाग्यशाली ३ जना ग्राहकहरुलाई स्मार्टफोन जित्ने सुवर्ण अवसर पनि प्रदान गरेको छ। सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुमा १७ गतेदेखि २१ सम्म उक्त क्याम्प सञ्चालनमा रहने कम्पनीको भनाइ छ।


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट