logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनामा आक्रमण गर्ने माथि कारबाही गर्न इप्पानको माग

    सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनामा आक्रमण गर्ने माथि कारबाही गर्न इप्पानको माग

    975
    SHARES
    सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनामा आक्रमण गर्ने माथि कारबाही गर्न इप्पानको माग

    काठमाण्डौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा निर्माणाधीन जलविद्युत आयोजनामा आगजनी, तोडफोड तथा आक्रमण भएको छ ।



    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अनुसार सीता हाइड्रोपावरले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा आक्रमण भएको इप्पानले जनाएको हो ।

    यो त्रासदीपुर्ण र आपराधिक घटनाको विरोध गर्दै इप्पानले त्यसको उचित क्षतिपूर्ति लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ । साथै यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न एवम् पीडक पक्षलाई उचित क्षतिपूर्तिको लागि जिम्मेवार बनाउन इप्पानले माग गरेको छ ।

    साथै, घाइते भएका कर्मचारीहरुको सम्पूर्ण उपचार खर्च पीडक पक्षबाटै भराउने व्यवस्था गर्न समेत माग गरेको छ । यो आयोजना २०७७ साल मंसीर ८ गते विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र लिएर २०७८ साल जेठदेखि निर्माण भइरहेको तथा २०८१ साल असार १५ गते व्यापारिक उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    हाल श्रमिकको आवास गृह र सशस्त्र प्रहरीको आवासीय भवन निर्माण गरिसकेको छ भने बंकर र क्रसर मेशिनको कार्य पनि सकिएको छ ।विद्युत गृहदेखि आउटलेट हुँदै इन्टेकसम्मको १२ किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको २.३ किलोमिटरको सुरुङ,विद्युत गृह तथा प्रोटेक्सन वालको निर्माण पनि जारी छ ।

    हालसम्म आयोजनाको २५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने आयोजनाको निर्माणमा करिब ३ सय दक्ष तथा अर्धदक्ष जनशक्तिले रोजगारी पाएका छन् । १५ गते गुम्बाको मानेभञ्याङमा नेपाल विद्युत् प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानीय एक बालिकाको निधन भएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट