logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • जजिराले फागुन २५ देखि भैरहवाबाट फेरि उडान गर्ने

    जजिराले फागुन २५ देखि भैरहवाबाट फेरि उडान गर्ने

    2.1K
    SHARES
    जजिराले फागुन २५ देखि भैरहवाबाट फेरि उडान गर्ने

    काठमाण्डौ । जजीरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा फागुन २५ गते देखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने जनाएकाे छ । जजीरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट हप्तामा ३ वटा उडान गर्नेछ ।



     

    जजीराले भैरहवाबाट कुबेतको लागी मंगलबार, बिहीबार र शनिबार नेपाली समय अनुसार बिहान ८ः०५ बजे उडान भर्नेछ भने कुवेतमा स्थानीय समय अनुसार बिहान १०ः५५ बजे अवतरण गर्ने छ । साथै जजीरा एयरवेजले भैरहवादेखि कुवेतसम्म रु.२८,८३६÷– को विशेष प्रारम्भिक एकतर्फी उडानका भाडा कायम गरेको छ ।

    नेपाल स्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले भने, “नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसारनै हामीले मध्य पूर्वमा बसोबास गर्ने विशेष गरी भारतीय नागरिकहरुका विचमा लुम्बिनिलाई भगवान बुद्धको जन्मस्थल साथसाथै आध्यात्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गर्दै छौ । यस प्रबद्धनले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्नुका साथै सम्पूर्ण पश्चिम भेगको पर्यटकीय परिस्थितिमा र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पु¥याउछ भन्नेमा हामी विश्वस्त छौ ।”


    अर्थ चाैतारी
  • बुधबार, १७ फागुन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट